सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चारमन्त्री शर्मा

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि मन्त्री शर्माले बताउनुभयो । उहाँले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताउनुभयो । उहाँले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीबिरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाउनुभयो ।

मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १७:५२