सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । आज (बिहीबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ०६:१६