सूचनाको शक्ति - The Power Of Information

        

यौन स्वास्थ्य

रजश्वला भएको बेला ‘सेक्स’ गर्नु ठीक की बेठीक ?

‘रजश्वला भएको बेला यौन सम्पर्कले मलाई सन्तुष्टि मिल्छ, तपाईं पनि राख्न सक्नुहुन्छ ।’

विस्तारामा पल्टिनेबितिक्कै म आफूलाई सुख र सन्तुष्टिको श्वास फेरिरहेकी पाउँछु । यो सुख र सन्तुष्टि मैले केटा साथी (ब्वाईफ्रेन्ड)सँगको राम्रो यौन सम्बन्धका कारण प्राप्त गरेकी हुँ । म ब्वाईफ्रेन्डको धेरै नजिक भएको पाउँछु । ऊसँग मेरो एक अनौठो बन्धन छ, जुन छुट्नै सक्दैन ।

ऊसँग हुनुको जुन सन्तुष्टि छ, त्यो म स्पष्टसँग महसुस गर्न सक्छु । ऊसँगका हरेक पल याद गर्दा म निःशब्द हुन्छु । हामी ६ महिनासम्म सँगसँगै रह्यौँ । साप्ताहिक बिदाको दिनका हरेक पल हामी साथमै रहन्थ्यौँ । ती क्षण सधैँ साथ रहनेछन् लाग्छ । जस्तै, तपाईं हनिमुनको बेलाको यौन सम्बन्धको सन्तुष्टि कल्पना गर्न सक्नुहुन्छ ।

यहाँ एक यस्तो कुरा बताउन गइरहेकी छु, जसका बारेमा सोच्न सक्नुहुन्न । रजश्वला भएको बेला धेरै गाह्रो महसुस हुन्छ । तर, रजश्वला भएको बेला गरिने यौन सम्बन्धलाई लिएर मैले कहिल्यै पनि असहज महसुस गरिनँ । २० देखि २९ वर्षको उमेरमा मैले महिनाको एक हप्ता यौन सम्बन्ध राख्नबाट रोके ।

यसभन्दा पहिले, १० वर्षको उमेरमा मेरो पहिलो ब्वाईफ्रेन्ड यौन सम्बन्ध राख्न आतुर हुन्थ्यो । तर, मेरालागि त्यति सहज थिएन । अहिले म सन् २०१८ मा छु र दृढताका साथ रजश्वला भएको बेला यौन सम्बन्ध राख्नेबारे वकालत गर्ने पक्षमा खडा भएकी छु । बढ्दो उमेर र आत्मविश्वासका कारण यौन सम्बन्धबाट के चाहन्छु भन्ने सोध्नमा कुनै हिचकिचाहट छैन ।

के भन्छन् वैज्ञानिक अध्ययनहरू ?

मलाई विस्तारै–विस्तारै के थाहा भयो भने म धेरै यौन सम्बन्ध राख्न चाहन्छु । अब म रजश्वला भएको बेलासमेत यौन सन्तुष्टि लिन सक्छु । कुनैबेला त रजश्वला भएको बेलाको यौन सम्बन्धबाट बढी सन्तुष्टि महसुस हुन्छ । मलाई के थाहा छ भने यसरी रजश्वला भएको बेला राखिएको यौन सम्बन्धबाट चरम सन्तुष्टि हाँसिल गर्ने म मात्र एक्ली होइन ।

५०० जनामा गरिएको एक अनुसन्धानमा ५५ प्रतिशतले अनुसन्धाताहरुलाई रजश्वलाका बेला गरिएको यौन सम्बन्ध सहज र सन्तुष्ट पार्ने थियो । रजश्वला भएको बेला राखिएको यौन सम्बन्धबाट कुनै समस्या नभएको उनीहरूको भनाइ थियो । अर्कोतर्फ ४५ प्रतिशत महिला थिए जसले रजश्वला भएको बेला यौन सम्बन्ध राख्नु ठीक होइन भने ।

रजश्वला भएको बेला यौन सम्बन्ध राख्नेबारेमा धेरै अनुसन्धान भएका छन् । ती अनुसन्धानका आधारमा अनुसन्धाताहरूको के भनाइ छ भने ४५ प्रतिशत महिला रजश्वला भएको बेला आफूलाई बढी उत्तेजित भएको महसुस गर्छन् । तर, यतिधेरै अध्ययनका बाबजुद अनुसन्धाताहरू निश्चित यही हो भनेर स्पष्ट भन्न सक्ने अवस्थामा भने छैनन् ।

तैपनि रजश्वला भएको बेलाको यौन सम्बन्धलाई लिएर मेरो स्पष्ट धारणा छ र यसमा म एक्लै छैन भन्ने मलाई राम्रोसँग थाहा छ । २८ वर्षीया क्याथरिनले मलाई के भनिन् भने, रजश्वला भएको बेलाको यौन चाहना सामान्य अवस्थाको भन्दा विल्कुल फरक हुन्छ ।

उनी भन्छिन्, ‘केही चिज धेरै संवेदनशील हुन्छन् । रजश्वलाका बेला यौन सम्बन्धलाई लिएर धेरै उत्तेजित हुँदैन । खास गरेर यौन आसनहरूलाई लिएर सतर्क रहन्छु । मलाई उत्तेजना महसुस हुन्छ तर त्यसमा अन्तरंगको आवश्यकता पर्छ ।’ रजश्वलाका बेला हरेक महिलाको फरक फरक चाहना हुन्छ । केही महिला यो बेलामा आराम गर्न चाहने पनि हुन्छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी स्त्री रोग विशेषज्ञ रिचेल न्युमानले मलाई भनिन्, ‘जब तपाई यौन सम्बन्ध राख्नुहुन्छ त्यतिबेला शरीरबाट आक्सिटासियन निस्किन्छ । त्यसको सम्बन्ध हर्मोनसँग हुन्छ । त्यो हर्मोन बच्चा जन्मिने बेला पनि निस्किन्छ । यस्तो अवस्थामा यौन सम्बन्धलाई लिएर सहज हुन्छ । यदि तपाई थप यौन सन्तुष्टि हासिल गर्न सफल हुनुहुन्छ भने तपाईंको शरीरमा थप आराम महसुस हुन्छ । त्यतिबेला प्राप्त हुने पीडाबाट ध्यान हट्छ ।’

‘क्लू’ नामक पीरिएड ट्र्याकिङ एपमा अनुसन्धान गरिरहेकी अना द्रुएतको भनाइ के छ भने, ‘यस्तो बेलामा मासु मडारिनु र पीडा हुनु समान्य कुरा हो । यौन सन्तुष्टिको बेला निस्कने इन्ड्रोफिन्स हर्मोनले रजश्वला भएको बेलाको पीडा कम गर्न सहयोग गर्छ । तर, यो सबैमा लागू हुन्छ भन्ने होइन ।’

रजश्वलाका बेलाको यौन सम्बन्ध असामान्य होइन

रजश्वला भएको बेला राखिने यौन सम्बन्ध सबैका लागि सही हो, अन्यथा होइन र असामान्य होइन । रजश्वला भएको बेलामा खासगरी नुहाउने बेलामा राखिने यौन सम्बन्ध सबैभन्दा राम्रो हुनसक्छ । नुहाउने बेला फोहोर हुने सम्भावना रहँदैन । रजश्वला भएको बेला यौन सम्बन्ध राख्न नचाहनुको प्रमुख कारण फोहोर हो ।

रजश्वला भएको बेला महिलाको गुप्तांगबाट आउने रगत सबैका लागि सामान्य हो । रिचेलको अर्को भनाइ के पनि छ भने रजश्वला भएको बेला यौन सम्बन्ध राख्दा महिलाको रगत कम बग्छ । उनी भन्छिन्, ‘जो महिला रजश्वला भएको बेला यौन सम्बन्ध राख्छन् उनीहरूको रजश्वलाको अवधि छोटो हुन्छ ।’

रजश्वला भएको बेला सामान्य आसनमा यौन सम्बन्ध राख्नुपर्छ भन्ने रिचेलको भनाइ छ । यौन सम्बन्धबारे सबैको आ–आफ्नो अनुभव हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तपाईंले कसैले भनेको आधारमा केही गर्नु आवश्यक छैन । तर, म मेरो अनुभवका आधारमा भन्न सक्छु कि, रजश्वला भएको बेला यौन सम्बन्ध राख्नु कुनै असामान्य काम होइन ।

स्रोत : एल्ले ग्रिफित्शले बीबीसी थ्रीको लागि लेखेको लेखको अनुवाद।
प्रकाशित मिति : २० असार २०८०, बुधबार १७:२०