सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ११:४९