सूचनाको शक्ति - The Power Of Information

        

मुग्लिन–नारायणगढ सडकमा सामान्य रुपमा गाडी चल्दै

मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् ।

हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । यो सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।

सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ०८:५८