थ्रीस्टार हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार आज असार १९ गते बिहान ९ः३० बजे आफ्नै कार्यालय कर्मचारी सञ्चयकोष भवन ठमेलमा बाँडफाँटको कार्यक्रम तय गरिएको छ।
यसको आइपीओमा मागभन्दा १९.५५ गुणा बढी आवेदन परेको छ यसकारण गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ।
यसमा १० लाख ९२ हजार २८९ जनाले कुल १ करोड १९ लाख ८७ हजार ३६० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ६१ हजार ३१६ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १० लाख ३० हजार ९७३ जनाको भने हात खाली हुनेछ।
कम्पनीले असार ५ गते देखि ८ गतेसम्म १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो। यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिएको छ।
साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो। यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको हो। बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।
सत्यपाटी संवाददाता । काठमाडौँ