सूचनाको शक्ति - The Power Of Information

        

अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैङ्कमा दर्ता गर्न सकिने

अब नेपाल राष्ट्र बैङ्कमा लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न सकिने भएको छ ।  केन्द्रीय बैङ्कले लघुवित्त वित्तीय संस्थाहरूसँग सम्बन्धित गुनासो सुन्न छुट्टै हेल्प डेक्सको स्थापना गरेको हो।

राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैङ्कले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो ।

बैङ्कको गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो टिपाउन पैसा नलाग्ने (टोल फ्रि) नम्बरमा फोन गर्न सकिनेछ भने राष्ट्र बैङ्कको अनलाइन गुनासो पोर्टलमा गएर समेत आफ्ना समस्या टिपाउन सकिनेछ ।

rastra bank.JPG

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ०७:५६