वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो ।
आइतबारको वर्षापछि पहिरोले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।
सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन् ।
तर, सोही पहिरोका कारण करिडोरसमेत अवरुद्ध छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ