आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि आज मंगलबार नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ ।
दोस्रो प्लेअपमा यूएईलाई तीन विकेटले पराजित गर्दै नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो ।
विश्वकप छनोटअन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं