सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि  सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।

उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई समेत तोडेका छन् । हाल युएई २ विकेट गुमाउँदै ६४ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो ओभरको दोस्रो बलमै तिव्र गतिका बलर करण केसीले आशिफ खानलाई शून्य रनमा क्याच आउट गराएका थिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार १४:२७