सूचनाको शक्ति - The Power Of Information

        

साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने

चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने भएका छन् ।

हिजो बेलुकी भएका सेमिफाइनलमा भारतले लेबनान र कुवेतले बंगलादेशलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।

बेंग्लोरको कान्तिरभा मैदानमा भारत र लेबनानबीचको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी भएको थियो ।

पेनाल्टीमा भारत ४–२ गोलले विजयी हुँदै उपाधि नजिकै पुगेको हो । यसअघि भएको खेलमा कुवेतले बंगलादेशलाई हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनल खेल पर्सि मंगलवार हुनेछ । साफका चौधौँ संस्करणमध्ये भारतले सर्वाधिक ८  पटक उपाधि जितेको छ ।

लेबनान र कुवेतले आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार ०९:५३