सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको राप्ती नदीमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको उद्धार

बाँकेमा बाख्रा चराउन गएर राप्ती नदीको भँगालोमा फसेका ६ जनाको उद्धार भएको छ।

राप्ती सोनारी गाउँपालिका–२ मा बाख्रा चराउन गएका ६ जना हिजो दिउँसोदेखि राप्तीको भँगालोमा फसेका थिए ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गएराती साढे १० बजे उनिहरुको उद्धार गरेको हो ।

बाख्रा चराउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि उनीहरु फसेका थिए । ६ जनासँगै ७८ वटा बाख्राको पनि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बाख्राको उद्धार नगरेसम्म आफूहरु पनि कतै नजाने अडान लिएपछि सुरक्षाकर्मीको रबर बोटमार्फत मान्छे र बाख्राको उद्धार भएको हो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार ०९:४७