तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर । तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ । धेरै मानिसहरू खाना खाइरहेका बेला थोरै–थोरै पानी पिउँछन् भने कतिपय खाना खाने बित्तिकै पानी घटघटी पिउँछन् ।
पानी पिएपछि आराम महसुस हुन्छ नै । तर, यसले तपाईंको पाचन प्रणालीमा भने असर गर्न सक्छ । यसले ग्याष्ट्रिक, एसिडिटीजस्ता रोगहरू निम्त्याउन सक्छ । त्यसैले भोजन गरिसकेपछि कम्तीमा पनि आधा घण्टा वा एक घण्टापछि मात्रै पानी पिउनुपर्छ ।
खाना खाइसकेपछि तुरुन्तै किन पिउनु हुँदैन पानी ?
खाना खानेबित्तिकै पानी पिउनाले पाचन प्रक्रियालाई कमजोर बनाउँछ । पानी शीतल प्रवृत्तिको हुन्छ, त्यसैले खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न सक्छ । पानीले भोजनलाई ग्लुकोजमा परिवर्तन गरिदिन्छ, जुन मोटोपनको कारण बन्न सक्छ ।
शरीरलाई भोजनबाट पोषण तत्व प्राप्त हुन आधा घण्टादेखि एक घण्टा आवश्यक पर्छ । खाना खाएपछि तुरुन्तै पानी पिउँदा आमाशयको ऊर्जा सकिन्छ, जसकारण पाचन प्रक्रिया सही ढंगले हुन पाउँदैन ।
त्यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता विभिन्न रोगहरू लाग्छ सक्छ । चिकित्सकका अनुसार खाना खाएपछि पोषक तत्व प्राप्तिका लागि केही समय दिनुपर्छ । यदि तुरुन्तै पानी पिउने हो भने शरीरले भरपूर पोषक तत्व नपाउन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं