सूचनाको शक्ति - The Power Of Information

        

वर्षाका बेला हैजा र झाडापखालाबाट कसरी बच्ने ?

वर्षायाम सुरु भइसकेको छ । जसले गर्दा देशभरका साना ठूला खोलानाला बढेका छन् । यो मौसममा बाढी पहिरोको जति जोखिम हुन्छ त्यति नै हामीले खाने खानेपानीको मुहानहरू दूषित हुने जोखिम हुन्छ ।

वर्षातको मौसममा बाढी पहिरोले गर्दा हामीले खानेपानीको मुहान फोहोर हुने तथा खानेपानीको पाइपमा दुषित पानी मिसिने गर्छ । जसले गर्दा हामीले झाडापखाला तथा हैजाको जोखिम उच्च हुने गर्छ । त्यसैले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिनुपर्छ ।

बर्षातको मौसममा शुद्ध पानी कसरी खाने ?

  • उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिऔँ ।
  • खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी निकालौं ।
  • खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
  • खाना बनाउनुअघि, खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धोऔं ।
  • साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।
  • दिसापिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा नै फ्याकौं ।
  • झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं ।
  • हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार १९:११