सूचनाको शक्ति - The Power Of Information

        

भान्साको औषधि धनियाँ, घटाउँछ कोलेस्ट्रोलको जोखिम

हाम्रो भान्सामा पाइने अधिकांश चिज स्वास्थ्यको हिसाबले निकै फाइदाजनक मानिन्छ । प्रायः तिनीहरू स्वाद बढाउनका लागि मानिन्छ, तर के तपाईँलाई यसको फाइदाहरू बारे थाहा छ ?

धनियाँको पातको सेवनले शरीरलाई विभिन्न प्रकारका स्वास्थ्य लाभहरू प्रदान गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यतिमात्र होइन, कोलेस्ट्रोल घटाउन धनियाँको पातको फाइदा देखिएको छ ।

धनियाँको पातले खानाको स्वाद बढाउनका साथै धेरै रोगको जोखिम कम गर्नका लागि फाइदाजनक हुन्छ । मुटु रोगदेखि मधुमेहको जोखिम कम गर्न र पाचन स्वास्थ्य कायम राख्न पनि यसको प्रयोगबाट फाइदा लिन सकिन्छ ।

स्वास्थ्य विज्ञहरू भन्छन्, सबै उमेरका मानिसहरूले यसलाई आहारको हिस्सा बनाउनुपर्छ । धनियाँ समग्र स्वास्थ्य लाभको लागि लाभदायक हुन सक्छ ।

कोलेस्ट्रोलको जोखिम कम गर्छ

धनियाँले कोलेस्ट्रोलको जोखिम कम गरेर हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । अध्ययनले पत्ता लगाएको छ कि धनियाँको पातले एलडीएल (खराब) कोलेस्ट्रोलको स्तर कम गर्नका लागि फाइदाजनक हुन्छ ।

धनियाँ सेवन गर्नुको फाइदा उच्च रक्तचाप भएका व्यक्तिहरूमा पनि देखिएको छ । यस्तो अवस्थामा यसको सेवनले मुटुको स्वास्थ्यमा विशेष फाइदा पुर्याउन सक्छ ।

रगतमा चिनी नियन्त्रण गर्छ

रगतमा चिनीको मात्रा घटाएर मधुमेहको जटिलताबाट जोगाउन धनियाँ लाभदायक हुन सक्छ । धनियाँको दाना र यसको पातमा पाइने तत्त्वहरूले रक्त शर्करालाई कम गर्न मद्दत गर्दछ ।

अध्ययनकर्ता हरूले सुझाव दिन्छ कि धनियाँको बीउले रक्त शर्कराको वृद्धिलाई रोक्न इन्जाइमहरूको गतिविधिलाई बढवा दिन मद्दत गर्दछ । यसको सेवनले मधुमेहको जोखिम पनि कम गर्छ ।

धनियाँको पातमा प्रभावकारी एन्टिअक्सिडेन्ट हुन्छ

धनियाँमा धेरै प्रभावकारी एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले शरीरलाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । यस्तो अवस्थामा धनियाँको पात वा यसको बीउको सेवन गर्ने बानी बसाल्नु शरीरको सुन्निने समस्यालाई कम गर्नका लागि फाइदाजनक हुन्छ ।

अध्ययनका अनुसार यसमा क्वेर्सेटिन र टोकोफेरोल जस्ता तत्त्वहरू हुन्छन्, जसमा क्यान्सर प्रतिरोधी, प्रतिरक्षा बढाउने र न्यूरोप्रोटेक्टिभ प्रभाव हुन सक्छ । यी सबै तत्त्वहरूले गम्भीर रोगहरूको जोखिमबाट बचाउन मद्दत गर्दछ ।

धनियाँ पाचनका लागि फाइदाजनक हुन्छ

धनियाँको पातले पाचन सम्बन्धी समस्याहरू कम गर्न र सम्बन्धित विकारहरूको जोखिमबाट जोगाउन पनि धेरै लाभदायक हुन सक्छ ।

आठ हप्ताको अध्ययनले दैनिक तीन पटक धनियाँको पातको खाँदा पेट दुख्ने र फुल्ने समस्या कम गर्न फाइदाजनक हुने बताएको छ । धनियाँको पातको फाइदाहरू इरिटेबल बोवेल सिनड्रोम जस्ता गम्भीर विकारहरूमा पनि देखिएका छन् ।

 

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ असार २०८०, शनिबार ०८:१९