सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १२ लाख रूपैयाँ गायब !

राष्ट्रिय वाणिज्य बैंकको एक जना ग्राहकको खाताबाट १२ लाख रूपैयाँ गायब भएको छ । नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहले जापानमा रहेकी नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ गायब पारेको हो ।

मोबाइल बैंकिङको पासवर्ड बिर्सिएपछि ति महिलाले बैंकको उक्त नक्कली फेसबुक पेजमा समस्या राखेकी थिइन् । उक्त पेजबाट मागिएको विवरण महिलाले उपलब्ध गराउने वित्तिकै पैसा गायब भएको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार ०७:१९