सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा रोपाई महोत्सव गरियो

बाँकेकाे नरैनापुर गाउँपालिकामा शुक्रबार रोपाई महोत्सव गरिएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा महोत्सव गरिएको हो ।

नरैनापुर गाउँपालिकाका कार्यपालिका सदस्य, वडा नम्बर ५ का वडाअध्यक्ष समेत रहेका आर्थिक विकास समितिका संयोजक कृष्णचन्द्र मौर्यको प्रमुख आथित्यतामा महोत्सव गरिएको थियो ।

सो क्रममा उपस्थित भएका प्रमुख अतिथी, अतिथी लगायतले सामुहिक रुपमा धान रोपाई गरेका थिए । दिवसको अवसरमा शुक्रबार बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १८:१९