सूचनाको शक्ति - The Power Of Information

        

आज असार १५

आज राष्ट्रिय धान दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

मानो रोपेर मुरी उब्जाउने दिन

आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ ।

शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ ।

उपत्यका, उच्च पहाडी भेग र तराईका अधिकांश भागमा रोपाईं सकिनु पर्नेमा यो वर्ष आधा पनि रोपाईं हुन सकेको छैन । मध्य पहाडी भागमा भने असार आखिरबाट रोपाई सुरु हुने गर्दछ । सरकारले विसं २०६१ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो ।

असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिन पनि भन्ने गरिन्छ । धान नेपालको प्रमुख खाद्य बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएकाले सरकारी तहबाटै यसलाई बढी महत्व दिने गरिएको छ ।

नेपालमा तराई, भित्री मधेस र पहाडका टार तथा फाँट धान खेतीका लागि उत्तम मानिन्छन् । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ०७:५६