सूचनाको शक्ति - The Power Of Information

        

धम्बोझी चोकमा जीर्ण बनेको राष्ट्रिय झण्डा फेरियो

नेपालगञ्जको धम्बोझी चोकमा जीर्ण अवस्थामा पुगेको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय झण्डा जीर्ण अवस्थामा पुगेपछि सामाजिक सञ्जाल फेसबुकमा समेत यस विषयमा चर्चा चलेको थियो ।

जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष शुभम गुप्ता, उपाध्यक्ष राजु शेख, सचिव देवनन्द यादव लगायत पुगेर बिहीबार बिहान नयाँ झण्डा फेरेका हुन् ।

‘सामाजिक सञ्जालमा झण्डा फेर्नुपर्ने कुरा उठेपछि हाम्रो टोली पुगेर नयाँ झण्डा फेरेको हो,’ अध्यक्ष गुप्ताले भने । झण्डा फेरिएपछि धम्बोझी चोक अहिले चिटिक्क देखिएको छ ।

उक्त ठाउँमा स्वर्गिय राजा बीरेन्द्रको शालिक हटाएपछि राष्ट्रिय झण्डा राख्ने गरिएको छ । स्वर्गिय राजा बीरेन्द्रको शालिक राख्न राप्रपा लगायत राजावादीहरुले पटक पटक प्रयास गरेपनि स्थानीय प्रशासनले रोक लगाउँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १९:१२