– मोबाइललाई सुरक्षित राख्नका लागि राम्रो खालको कभर र स्क्रिन पोटेक्टर प्रयोग गर्नुस् । यसले स्क्र्याच हुनबाट तथा कहिलेकाहीँ खस्दा पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।
– नियमित रूपमा मोबाइललाई नरम कपडाले पुछ्ने गर्नुस् । सफा गर्ने नाममा कडाखाले केमिकलयुक्त तरल पदार्थको प्रयोग नगर्नुस् ।
– मोबाइललाई अति चिसो र अति तातो हुन दिनुहुँदैन । यसले ब्याट्री र परफर्मेन्समा नकारात्मक प्रभाव पार्छ ।
– जतनसाथ चलाउनुस् । अनावश्यक फाइल तथा एप डिलिट गरेर स्टोरेजलाई व्यवस्थापन गर्नुस् । सफ्टवेयर अपटुडेट राख्नुस् । कम्पनीले सिफारिस गरेका चार्जर, केबल र सामग्री मात्रै प्रयोग गर्नुस् । आवश्यकताभन्दा कम र धेरै चार्ज नगर्नुस् । ब्याट्री कम्तीमा २० देखि ८० प्रतिशतसम्म चार्ज हुनु राम्रो मानिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ