दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजाे बेलुका एक जना बालकको ज्यान गएकाे छ । ६ जना बालबालिका घाइते भएका छन् ।
निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएकाे हाे ।
ड्याम बर्सातका कारण भत्किएकाे दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरकाे अवस्था गम्भीर रहेकाे आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनु भयाे ।
सत्यपाटी संवाददाता । दैलेख