सूचनाको शक्ति - The Power Of Information

        

साउदीको अमेरिकी दूतावास बाहिर गोली चल्दा एक नेपालीको मृत्यु

साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

घटनामा आक्रमणकारी पनि मारिएका छन् । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारलाई गोली लागेपछि उपचारकोक्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

मृत्यु हने नेपालीको पहिचान खुलाईएको छैन । अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । साउदी अरबियाका रहेको अमेरिकी वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।

सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १०:४१