सूचनाको शक्ति - The Power Of Information

        

के हो सिकलसेल एनिमिया ?

यदि लामो समयदेखि थकान र कमजोरीको सामना गरिरहनुभएको छ र यससँगै शरीरमा दुखाइ छ भने यो सिकलसेल एनिमिया हुन सक्छ । यसमा हात खुट्टा सुन्निन पनि थाल्छ । सिकलसेल रगतसँग सम्बन्धित रोग हो जसले शरीरको रातो रक्त कोशिकालाई असर गर्छ ।

परिणामस्वरूप रगत बन्दैन र हेमोग्लोबिनको कमी हुन्छ । यो सामान्यतया आमाबाबुबाट बालबालिकाहरुमा वंशानुगत रुपमा सर्छ । सिकल कोशिकाहरूले प्रतिरक्षालाई कमजोर तुल्याएर संक्रमणको सम्भावना बढाउँछ । सिकलसेल एनिमिया भएका बालबालिकाहरु लाई प्रायः बारम्बार संक्रमण हुन्छन् जस्तै निमोनिया ।

स्वस्थ रातो रक्त कोशिकाको कमीले शिशु र बालबालिकाको वृद्धिलाई सुस्त बनाउन सक्छ र किशोरावस्थामा पुग्न ढिलाइ हुन सक्छ । सिकलसेलहरू सजिलै टुट्छन् र मर्छन् जसका कारण थकान र कमजोरी हुन थाल्छ । रातो रक्त कोशिकाहरू सामान्यतया १२० दिनसम्म बाँच्छन्, त्यसपछि तिनीहरूलाई प्रतिस्थापन गर्न आवश्यक हुन्छ ।

सिकल कोशिकाहरू सामान्यतया १० देखि २० दिनमा मर्छन् जसका कारण रातो रक्त कोशिकाको अभाव हुन्छ । पर्याप्त रातो रक्त कोशिका बिना शरीरले पर्याप्त अक्सिजन प्राप्त गर्दैन र यसले थकान निम्त्याउँछ । सिकलसेल चार प्रकारका हुन्छन् । सिकलसेल एनिमिया रोगको सबैभन्दा सामान्य प्रकार हो ।

यसलाई हेमोग्लोबिन एसएस रोग पनि भनिन्छ । यो तब हुन्छ जब हामीले आमाबाबुबाट हेमोग्लोबिन एस जीन उत्परिवर्तन प्राप्त गर्छौ । यसमा शरीरले केवल हेमोग्लोबिन एस उत्पादन गर्दछ । सिकल हेमोग्लोबिन–सी यसको दोस्रो प्रकार हो । तेस्रो प्रकार सिकल बिटा प्लस थालासेमिया हो ।

यो तब हुन्छ जब हामिले आमा वा बुबाबाट हेमोग्लोबिन बीटा एस जीन र अर्को अभिभावकबाट हेमोग्लोबिन बीटा प्लस थलासेमिया जीन प्राप्त गर्छौ । यसको चौथो प्रकार सिकल बिटा–शून्य थालासेमिया हो । शरीरले हेमोग्लोबिन एस मात्र उत्पादन गर्ने भएकाले यसलाई सिकल सेल एनिमिया पनि भनिन्छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १०:२४