सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाका राष्ट्रपति बाइडेनलाई सुत्न समस्या !

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई सुत्न समस्या भएको छ । राष्ट्रपति बाइडेनले स्लीप एपनियाको सामना गरिरहेको ह्वाइट हाउसले घोषणा गरेको छ ।

बाइडेनलाई सुतिरहेको बेला सास फेर्न समस्या भएको हो । यसका लागि उनले सीपीएपी मेसिन प्रयोग गरिरहेका छन् । बाइडेन लामो समयदेखि स्लीप एपनिया नामक रोगबाट पीडित छन् ।

जसमा बिरामीलाई राति सुत्दा बेलाबेलामा सास फेर्न समस्या हुन्छ । ८० वर्षीय राष्ट्रपति बाइडेनले भर्खरै आफ्नो रोगको बारेमा बताएका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ०८:०५