सूचनाको शक्ति - The Power Of Information

        

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, सत्ता ढल्ने निश्चित

कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेशसभामा विश्वासको मत माग्ने जनाएको छ । बुधबार विराटनगरस्थित नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विपक्षी दलसँग विश्वासको मत माग्ने भएको हो ।

९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ । सोही क्रममा बिहीबार सत्तामा रहेको दल एमालेले विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने भएको एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

बैठकपछि प्रमुख सचेतक भण्डारीले सरकारलाई निरन्तरता दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतसँग विश्वासको मत माग्ने र विश्वासको मत दिनुहुन अनुरोध गर्ने जानकारी दिए । सत्ता अघि बढाइरहेको एमाले सहमतिको सरकार बनाएर पुरै कार्यकाल टिकाउ सरकार बनाउनेतर्फ केन्द्रीत रहेको बताएका प्रमुख सचेतक भण्डारीले सरकार ढालेर अस्थिर अवस्था बनाउँदा जनतामा सन्देश नकारात्मक जाने प्रस्टाए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ०६:४२