२०८० असार १४ गते बिहीवार, २९ जुन २०२३ । आषाढ शुक्लपक्ष एकादशी तिथि । स्वाती नक्षत्र, १३ः२२ बजेपछि विशाखा । चन्द्रराशि– तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । तापनि, साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा आँटेको काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला । योजना अधुरै रहने सम्भावना छ ।
सत्यपाटी संवाददाता । काठमाडौं