सूचनाको शक्ति - The Power Of Information

        

ललिता निवास प्रकरण, १७ जनाले ‘स्टे अर्डर’ लिएको खुलासा

ललिता निवास जग्गा प्रकरणमा तीन जनाले अदालतबाट अदालतबाट ‘स्टे अर्डर’ लिएको खुलासा भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको आरोपमा मंगलबार पक्राउ परेकाहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छुटेपछि उनीहरुले आफूहरूलाई पक्राउ नगर्न भन्दै अदालतबाट स्टे अर्डर लिएको खुलासा भएको हो ।

देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन् । यस्तै सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले पनि स्टे अर्डर लिएका छन् । स्टे अर्डर लिएकाहरुलाई पक्राउ गरेको केहि घण्टामै कागज गराएर छाडिएको छ । उनीहरू छुटेपछि गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरुसहित १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको खुलासा भएको हो ।

उक्त प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित प्रहरीले मंगलबारै सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १५:२०