सूचनाको शक्ति - The Power Of Information

        

बाँके बैशाख यता ७५ वटा मिटरव्याज सम्बन्धि उजुरी

बाँके जिल्लामा गत बैशाख यता ७५ वटा मिटरव्याज सम्बन्धि उजुरी परेका छन् ।

गत बैशाख मा ७५ वटा मिटरव्याज सम्बन्धि उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाँकेको मिटरव्याज सम्बन्धि उजुरी शाखाको तथ्याङ्कमा उल्लेख छ ।

मुद्दा तथा हातहतियार शाखाका नायब सुब्बा महेश्वर पौडेलका अनुसार गत बैशाखमा मिटरव्याज सम्बन्धि २८ वटा उजुरी परेका थिए । यस्तै जेठमा भने उजुरीको संख्या बढेर ४८ पुग्यो ।

तर, असार सुरु भएदेखि भने मिटरव्याज सम्बन्धि उजुरी नपरेको मुद्दा तथा हातहतियार शाखाका नायब सुब्बा पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले मिटरव्याज पिडित समेतको सहभागितामा मिटरब्याज विरुद्धको संघर्ष समिति गठन गरेको छ । जसले जिल्लामा आएको उजुरीहरुमा पक्ष र विपक्ष दुवैको सहभागितामा हुने छलफललाई सहजिकरण गर्ने गर्छ ।

जुन छलफललाई ‘मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समिति’, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनले संयुक्त रुपमा पहल गरेको हुन्छ ।

यद्यपी, अहिले सम्म कुनैपनि मिटरव्याज सम्बन्धि उजुरीमा छलफलबाट समाधान भने हुन सकेको छैन ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १४:०७