सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज फुड लेन सन्चालनको मिति स-यो

नेपालगञ्जका स्थानीय परिकारलाई एकै ठाउँबाट पस्किने उद्देश्यले सञ्चालन गर्न लागिएको फुडलेनको समय केही पर सरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा नेपालगञ्ज उद्योग वाणिज्य संघ सँगको सहकार्यमा नाटा बाँके च्याप्टरले यही असार १५ गतेबाट फुडलेन सञ्चालन गर्ने तयारी गरेको थियो ।

तर, केही प्राविधिक काम पुरा गर्न समय अपुग भएको, वर्षातको मौसम र विज्ञहरुको राय तथा सुझावलाई मध्यनजर गर्दै हाललाई नेपालगन्ज फुड लेन सञ्चालनको समय केही पछाडी सारिएको नाटा बाँके च्याप्टर अध्यक्ष तथा नेपालगञ्ज फुड लेन कार्यक्रमका संयोजक श्रीराम सिग्देलले जानकारी दिएका छन् ।

उनले फुडलेन कार्यक्रम तयारी सम्बन्धित सबै काम भने जारी रहने र आवश्यक तयारी पुरा भएसंगै उपयुक्त समयमा सञ्चालन गरिने बताए । फुडलेन सञ्चालनमा आएपछि नेपालगञ्जको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र रैथाने स्वादको बजारीकरण हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १४:०३