बाँकेलाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै छ ।
लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागेका हुन् ।
जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको हो ।
खोपै नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको छ ।
डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगञ्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।
सत्यपाटी संवाददाता । बाँके