सूचनाको शक्ति - The Power Of Information

        

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौंका मेयर बालेन्द्र शाह( बालेन) सँग अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले  मेयर शाहसँग लिखित जवाफ मागेको छ ।  न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज लिखित जवाफ मागेको हो ।

आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको थियो।आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको थियो।

उच्च अदालत पाटनले हिन्दी फिल्ममा रोक नलगाउन दिएको आदेशलाई मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १८:४८