सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगञ्जबाट ट्रकसहित १७ लाख बढीको अवैध खाद्यान्न बरामद

ठूलो परिमाणको तेल र चिनी बरामद

 जिल्ला प्रहरी बाँकेले एउटा ट्रकसहित भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको तेल र चिनी बरामद गरेको छ ।

बाँके प्रहरीको टोलीले सोमवार राती नेपालगञ्ज १२ कोरियनपुरबाट भन्सार छलेर ल्याइएको ३ हजार किलो चिनी, ३ हजार लिटर स्वायबिन तेल, ५० पोका सुपरपावर सुर्तीसहित भे १ ख ३३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

प्रहरीले बरामद गरेको अवैध ट्रकसहित सबै सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १८:४२