सरकारले बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलवार सूचना जारी गरेर असार १४ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।
यस दिन इस्लाम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ