सूचनाको शक्ति - The Power Of Information

        

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १३:५१