नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौंको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बुढाथोकी फरार मध्येका हुन् ।
शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशले दुई जना धरौटीमा रिहा भएका छन् । फरार १२ जना मध्यका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १५ जना केन्द्रीय कारागारमा थुनामा छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ