बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगञ्ज गुलरिया सडकखण्डबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने बर्ष २५ को कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडीमा लोड भएको अवस्थामा भन्सार छलिको ठूलो परिमाणमा सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बोलेर गाडीसहित डिपी स्विच ४५ डब्बा, स्विच सकेट ३६० डब्बा, स्विपर ब्राउजर २७ पीस बरामद भएको छ । करिव २२ लाख बराबरको अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।
गाडी र चालकसहित नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके