सूचनाको शक्ति - The Power Of Information

        

सलोन र केकीको `जय हो´ टिजर रिलिज (भिडियो)

फिल्म ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ ।

भाद्र ८ गतेलाई रिलिज मिति तय गरिएको फिल्म टिजरर गत शनिबार रिलिज गरिएको हो ।

टिजरमा फिल्मका कलाकारहरु माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेतलाई देखाइएको छ ।

सलोन-सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक टेक पौखरी राई हुन् ।

फिल्ममा सुरेश न्यौपानेको पटकथा लेखन, सौरभ लामाको डीओपी, शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स छ ।

फिल्मको निर्मातामा अष्ट्रेलियाका व्यवसायी राज के अधिकारी र सुरज सरकार रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १३:०७