सूचनाको शक्ति - The Power Of Information

        

रक्सी पिएर सर्पलाई घाँटीमा बेरेपछि…

झापाका एक व्यक्तिले रक्सी पिएर सर्पलाई घाँटीमा बेरेपछि डसेर ज्यान गएको छ।

हल्दिवारी गाउँपालिका–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशी गएराति रक्सी पिएर घर फर्केका थिए। उनी आउँदा ढोकामा सर्प देखिएको थियो।

उनले रक्सीको नसामा सर्पलाई समातेर घाँटीमा बेरेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए। घाँटीमा बेर्दा सर्पले उनलाई डसेको रिजालले बताए।

घाँटीमा बेरेको सर्पले उनका दुवै हातमा डसेको थियो। सर्पको डसाईबाट घाइते भएका थिए।

उनलाई तत्कालै चारआलीस्थित सर्प दंशउपचार केन्द्र लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले बताए।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १३:०३