प्रभास र कृति सेनन अभिनीत भारतीय चलचित्र ‘आदिपुरुष’ भारतीय बक्स अफिसमा नराम्ररी असफल भएको छ । रिपोर्टका अनुसार आदिपुरुषले ९ औँ दिन करिब ५ करोड २५ लाख भारु कमाएको छ ।
शुक्रबार फिल्मले ३.४० करोड कलेक्सन गरेको थियो । भारतमा आदिपुरुषको कुल कमाई २६८.५५ करोड पुगेको छ । अब यो फिल्मले ३०० करोडको आँकडा पार गर्छ कि गर्दैन त्यो चासोको विषय हुनेछ ।
यो फिल्म बनाउनका लागि निर्माताले ५०० करोड खर्च गरेका छन् । तर अहिलेसम्म फिल्मले बजेट फिर्ता लिन सकेको छैन । प्रभासले आदिपुरुषमा भगवान् रामको भूमिका निभाएका छन् । जहाँ कृति सेननले माता सीताको भूमिका निभाएकी छिन् ।
दुवैले राम्रो अभिनय गरे पनि संवादलाई लिएर मानिसहरूले तरङ्ग बनाएका छन् । आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरू गर्नु परेको थियो ।
टिभीका प्रभु राम अर्थात् अरुण गोविलले आदिपुरुषका निर्मातालाई निकै ट्रोल गरेका छन् । फिल्म नेपालसहित भारतका विभिन्न हलमा हिन्दु संगठनवादीहरुले विरोध गर्दै प्रदर्शनमा रोक लगाएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं