पछिल्लो समय देशमा काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ चर्चामा छन् ।
यी दुबै मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको भैरहेको छ ।
चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैरहेको छ ।
बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्मको सह–निर्माता नारायण खाती हुन् ।
खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । फिल्म आगामी भाद्र १ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ ।
सत्यपाटी संवाददाता । काठमाडौं