सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको वडा नम्बर १ मा वृक्षारोपण

नेपालगञ्जको वडा नम्बर १ मा आइतवार वृक्षारोपण गरिएको छ । वडा नम्बर १ को कार्यालय परिसर र वाटरपार्कस्थित ब्याडमिन्टन कोर्ट परिसरमा गुल्मोहर, जरकान्दा र कमलदासका ६० बिरुवा रोपिएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको उपस्थितिमा वृक्षारोपण गरिएको हो । नगर प्रमुख विष्टले हरियाली प्रवर्धन गर्दै स्वस्थ वातावरण निर्माणका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाले वृक्षारोपणलाई अभियानकै रुपमा अघि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।

हरियाली प्रवर्द्धन गर्दै वडा नम्बर १ लाई ‘हरित वडा’को रुपमा विकास गर्ने लक्ष्य अनुरुप वडाका विभिन्न ठाउँहरुमा वृक्षारोपण गरिरहेको वडाध्यक्ष रिजालले बताए । वृक्षारोपण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय लगायत उपस्थित थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतवार १८:३७