सूचनाको शक्ति - The Power Of Information

        

उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ आगामी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् । 

श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । 

उनको टोलीमा गृह मन्त्रालयका सहसचिव सहितको प्रतिनिधित्व रहने जनाइएको छ ।

छिन्दुमा रहँदा उनले त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतका कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् । 

प्रकाशित मिति : १० असार २०८०, आइतवार १०:१५