सूचनाको शक्ति - The Power Of Information

        

मेची राजमार्गको माईखोलाको माथिल्लो खण्ड भासिँदै

 मेची राजमार्गको माईखोलाको माथिल्लो खण्ड भासिँदै गएको छ ।

इलाम नगरपालिकास्थित राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्च गरिए पनि सडक भासिने क्रम रोकिएको छैन ।

सडक डिभिजन कार्यालय इलामले माईखोला माथिको एकातर्फको पर्खाल भत्काएर भासिने क्रम रोक्ने प्रयास गरेपनि अर्कोतर्फ उत्तिकै जोखिम बढेको छ । यसले गर्दा जुनसुकै बेलापनि दुर्घटना हुनसक्ने त्रास बढ्को छ ।

वर्सेनी सडक भासिएपछि कार्यालयले ग्राभेल लगाएर यातायात सञ्चालनमा ल्याए पनि वर्षायाममा उपयोगी हुन सकेको छैन । अहिले दैनिकजसो सवारी साधन हिलोमा भासिएर घण्टौसम्म जाम हुने गरेको छ ।

राजमार्गको माईखोला माथिल्लो खण्डको दुई किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त हुने गरेको हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतवार ०९:३०