अदुवा नेपालको पहाडी भेगमा उत्पादन हुन्छ । मध्यपहाडी क्षेत्रका किसानको लागि यो प्रमुख नगदे बाली हो ।
मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ । यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ ।
अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ । यसका केही फाइदा यसप्रकार छन् ।
१. अदुवा पाचन प्रणालीका लागि निकै लाभदायक छ । यसको नियमित सेवनले अपचको समस्या झेलिरहेकाहरुका लागि फाइदा हुन्छ ।
२. अदुवाले खोकीको समस्या समाधान गर्छ । चिया, तरकारीमा नियमित सेवनका साथै खोकी लागेको बेला पोलेर अदुवा खाँदा केही राहत मिल्छ ।
३. अदुवाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । साथै रक्तप्रवाहलाई सन्तुलित बनाउन पनि सहयोग गर्छ ।
४. अदुवाले रगतमा हुने चिनीको मात्रालाई नियन्त्रण गर्छ । कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्ने हुनाले अदुवाको नियमित सेवन गर्दा मुटुरोगको जोखिम पनि कम हुन्छ ।
५. वाकवाकी लाग्ने समस्या कम गर्न पनि यसले मद्दत गर्छ । गाडी चढ्दा रिंगटा लाग्ने र वाकवाकी लाग्नेले अदुवाको टुक्रा चपाउँदा फाइदा हुन्छ ।
६. चिसो तथा रुघाखोकीबाट बच्न पनि अदुवाको प्रयोग गर्न सकिन्छ ।
७. अदुवाले मांसपेशीका साथै जोर्नी दुख्ने समस्याबाट पनि छुटकारा दिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं