सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार सामान्य वृद्धि, साढें ३ अर्बको कारोबार

तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।

पछिल्लो समय उकालो लाग्दै आएको बजार गत तीन दिनदेखि ओरालो लाग्दै आएको थियो ।

बिहीबार उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर २ हजार ५५ कायम भएर थामियो । अपरान्ह उकालो लागेर २ हजार ७५ सम्म पुगेपनि अन्तिमसम्म वृद्धि टिक्न नसकेको हो ।

कारोबार भने यसदिन पनि साढें ३ अर्ब हाराहारी रह्यो । मात्र होटल तथा पर्यटन, बीमा र अन्य समूह हरियो रहँदा बाँकी समूह रातो रह्यो । होटल तथा पर्यटन समूहमा साढें ८ प्रतिशतमाथिको उच्च वृद्धि भएसँगै बजार सम्हालिएको हो ।

जलविद्युत समूहमा डेढ प्रतिशत बराबरको गिरावट आउँदा बाँकी अधिकांश समूह दोहोरो अंकले घटे । बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७६ कम्पनीको ८० लाख कित्ता शेयर ३ अर्ब ४५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बिहीबार आधा दर्जन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:३२