सूचनाको शक्ति - The Power Of Information

        

फ्रान्सको पेरिसमा शक्तिशाली विष्फोट हुँदा ३७ जना घाइते

 फ्रान्सको राजधानी पेरिसको मध्य भागमा भएको ठूलो विस्फोटमा ३७ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार जनाको अवस्था गम्भिर र दुई जना बेपत्ता भएको जनाएको छ ।

पेरिसको मध्य भागमा रहेको एउटा डिजाइन स्कूल र क्याथोलिक शिक्षा प्रणालीको मुख्यालय रहेको भवनमा विस्फोट भएको हो ।

आपतकालीन कामदारहरूले भवनको भग्नावशेषमा खोजी गरिरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि ग्यासको गन्ध आएको थियो । चर्चको छेउमा रहेको भवन भित्र विस्फोट भएको सिसिटिभी फुटेजमा देखिएको छ ।

तर, विस्फोटको कारण भने खुल्न नसकेको अधिकारीहरुले बताएका छन् । विष्फोटपछि भवनमा आगो लाग्दा उद्धारकार्यमा कठिनाई भएको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०७:४८