सूचनाको शक्ति - The Power Of Information

        

नयाँ नेपाली चलचित्र डिसहोममा मात्रै

वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्र डिसहोममा मात्र एक्लुसिभ प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटेका दर्शकले अब डिसहोममार्फत् सपरिवार एकैसाथ बसेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लिला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउजस्ता नयाँ र दर्शकले अत्यधिक रुचाएका चलचित्रहरू डिसहोम सिनेमाघर च्यानल १०८ मा दैनिक आठ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०६:०१