सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन्, प्याजका फाइदा, बेफाइदा ?

प्याज स्वास्थ्यका लागि कति आवश्यक हो त ? के छन् यसका फाइदा, बेफाइदा ?

काँचो प्याजको कुरा गर्ने हो भने यसमा ८९ प्रतिशत पानी हुन्छ । जसमा १.१ ग्राम (प्रति १०० ग्राम प्याजमा) प्रोटिन पाइन्छ । त्यस्तै, ०.१ ग्राम फ्याट, १.७ ग्राम फाइबर र कार्बोहाइट्रेट ९.३ ग्राम पाइन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, प्याजमा सुगरको मात्रा पनि हुन्छ भनेर । १०० ग्राम काँचो प्याजमा ४.२ ग्राम सुगर पाइन्छ । प्याजमा क्यालोरीको मात्रा निकै न्यून हुन्छ, प्रति १०० ग्राम प्याजमा जम्मा ४० क्यालोरी पाइन्छ । स्वस्थ व्यक्तिमा एक हजार ६०० ग्राम महिला र दुई हजार ग्राम पुरुषका लागि दैनिक क्यालोरी अवश्यक हुन्छ ।

प्याजमा पानीको मात्रा धेरै हुने भएकाले शरीरमा पानीको मात्रा पु¥याउन काँचो प्याज खानु उपयुत्त मानिन्छ । उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रण र पाचन प्रक्रियालाई सहज बनाउन पनि काँचो प्याज फाइदाजनक मानिन्छ । तर, यसको खपत भने दैनिक २०० ग्रामभन्दा बढी हुनु हुँदैन ।

यसो भन्दै गर्दा प्याजका केही बेफाइदा पनि छन्, जसले यसलाई हाम्रो भान्साको अत्यावश्यक मसला होइन भन्ने पुष्टि गर्छ । प्याजमा सुगरको मात्रा पनि हुने हुँदा मधुमेहका बिरामीका लागि दैनिक प्याजको उपभोग फाइदाजनक हुँदैन ।

पकाएको प्याजको धेरै प्रयोग ग्यास्ट्राइटिसको कारण बन्न सक्छ । १०० ग्रामभन्दा बढी प्याज नियमित खाने व्यक्तिलाई बान्ता हुने, पेट पोल्ने, चिढचिढापन हुने समस्या देखिन सक्छ । कतिपय व्यक्तिमा प्याजको प्रयोगले छालाको एलर्जी निम्त्याउन सक्छ ।

गर्भावस्थामा प्याजको प्रयोग त्यति उपयुक्त मानिँदैन । प्याजको धेरै प्रयोगले गर्भवतीमा मुटुजन्य समस्या निम्त्याउने र गर्भको शिशुलाई समेत असर पु¥याउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

आयुर्वेद विज्ञानले प्याजलाई शरीरका लागि अत्यावश्यक खाद्यमा राख्दैन । आयुर्वेदका अनुसार प्याजले शरीरको तापक्रमलाई आवश्यकताभन्दा बढी गर्मी गराउने हुँदा यसले रिस, चिढचिढापन बढाउँछ भने कुनै पनि काममा एकाग्रताका साथ काम गर्न बाधा पुर्‍याउँछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०८:१०