सूचनाको शक्ति - The Power Of Information

        

कुरूप टुँडिखेल

आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन ।

पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, धरहरा निर्माण गर्ने रमण कन्सट्रक्सन र नेपाली सेनाको आपसी सहमति नभएका कारण कुरूप टुँडिखेल सफा हुन नसकेको हो ।

धरहरा पुनर्निर्माणको क्रममा नेपाली सेनाको स्वीकृतिमा रमण कन्ट्रक्सनले सो क्षेत्रमा केही समयका लागि फोहोर फ्याक्न स्वीकृति पाएको थियो ।

त्यसपछि ध्वत भएका सम्पदा, नेपाली सेनाको भवन निर्माण गर्दा फालिएका समान र धराहराको धुलो थुपारिएको थियो । सामान हटाउने विषयमा खासै चासो नदेखाएको कारण समस्या बढ्दै गएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०७:२१