सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

अफगानिस्तानको प्रहरीले गत दुई महिनामा उत्तरी जाज्वान  प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।

“विगत दुई महिनामा शृङ्खलाबद्ध कारवाहीमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए ।

अवैध बालीविरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रान्तमा करिब ६०० एकड खेती नष्ट गरेको थियो । अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १९:४४